Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

कालिकोट, १३ मंसिर  । जिल्लास्थित कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् ।

कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ ।

कारागारको पर्खाल भूकम्पले चिराचिरा परे पनि यसमा कसैले चासो नदिएको उनले बताए ।

कारागारमा शुद्ध पिउने पानी, खेलकूद मैदान, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव छ । वर्षायाममा कारागारमा पानी चुहिने भएका कारण जीर्ण भवन भत्किने सम्भावना रहेको कारागार प्रमुख बुढाको भनाइ छ ।

कारागारमा १५ पुरुष र १० महिलाको क्षमता भए पनि अहिले ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा झन् समस्या थपिएको छ ।

यसैबीच, बुधबार जिल्ला कारागारका कैदीबन्दीलाई क्षयरोगको संक्रमण भएको भन्दै कारागारभित्रै निःशुल्क स्वाथ्यशिविर सञ्चालन गरिएको छ । खाडाचक्र नगरपालिका स्वाथ्य एकाइको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कैदीबन्दीको जाँच गरिएको उक्त वरिष्ठ अहेव कटक महत बताउँछन् ।

रासस

तपाईको प्रतिक्रिया