Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा,२८ मंसिर । झापामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन समानुपातिक तर्फ नेकपा(एमाले) पहिलो दल बनेको छ ।
प्रत्यक्ष तर्फ झापामा नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको गठबन्धनमा पहिलो बनेको नेकपा(एमाले) प्रतिनिधि सभा समानुपातिक तर्फ १ लाख ६० हजार ६ सय ३९ मत प्राप्त गरेको छ ।
यस्तै प्रत्यक्ष तर्फ तेस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिक मतको आधारमा दोश्रो दल बनेको छ । नेपाली काँग्रेसले १ लाख २१ हजार ४ सय ८९ मत पाएको छ ।

झापाबाट दोश्रो ठुलो दल बनेको नेकपा माओबादी केन्द्रले प्रतिनिधि सभा समानु्पातिक तर्फ ३३ हजार ३ सय ९९ मत मात्र पाएको छ । त्यस्तै झापा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा बिजयी बनेको राप्रपाले झापा समानुपातिक तर्फ भने ३२ हजार ८ सय २० मत प्राप्त गरको छ । भर्खरै राजनीतिक दलका रुपमा अगाडी आएको विवेकशील साझा पार्टीले झापाबाट ९ हजार १ सय ३२ मत प्राप्त गरको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

त्यस्तै प्रदेश सभा तर्फ झापामा समानुपातिक तर्फ एमालेले १ लाख ५० हजार ९ सय ९९ मत पाएको छ । काँग्रेसले १ लाख १२ हजार ७ सय ९९ मत पाएको छ भने माओबादी केन्द्रले ३३ हजार २ सय ५९ मत मात्र पाएको छ । राप्रपाको ३४ हजार ९ सय ६६ मत प्राप्त गर्दा विवेकशील साझा पार्टीले ७ हजार ९ सय ४५ मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया