Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

हुम्ला, ८ वैशाख २०८० । जिल्ला अस्पताल हुम्लाले आफै उपचार गर्न नसक्ने लक्षित वर्गका विरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु गरेको छ । अस्पतालमा स्थापना भएको सामाजिक सुरक्षा इकाईले गाउँपालिकाले बर्गीकरण गरेका लक्षित वर्गका सेवाग्राहीको उपचारमा निःशुल्क सेवा प्रदान गरेको हो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुुख प्रेमबहादुुर सिंहले सरकारको लक्षअनुुसार लक्षित वर्गका सदस्यहरुलाई निःशुल्कदेखि छुुटमा उपचार सेवा प्रदान सुुरु भएको बताउनुुभयो । स्वास्थ्य सम्बेदनशीलतालाई ध्यानमा राखी आफै उपचार गर्न नसक्ने बिरामीलाई सो सेवा प्रदान गर्न सुुरु गरिएको हो ।

यसका लागि अस्पतालमा सामाजिक सुरक्षा इकाई खडागरी गाउँपालिकाले पहिचान गरेर पठाएको बिबरणका आधारमा निःशुल्क उपचार सेवा प्रदान गर्न सुुरु गरिएको छ । यसका लागि संघीय सरकारले छुुट्टै कोषको समेत ब्यवस्था गरेको छ । गाउँपालिकाले उपलब्ध गराएको रातो कार्ड, बित्पन्न भएको सिफारिस, अति गरिवका लागि उपचारमा पूर्ण रुपमा निःशुल्क उपचार हुनेगरेको उहाँले बताउनुुभयो ।

त्यसैगरी न्यून आयश्रोत भएको सिफारिस गरिएका बिरामीलाई भने इकाईले २५ प्रतिशतसम्म उपचारमा छुुट दिने गरेको छ । यसमा सरकारले अस्पतालबाट निःशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउने ९८ प्रकारका औषधि बाहेकमा औषधिमा पनि निःशुल्क र छुटको ब्यवस्था गरिदैआएको छ ।

यो कार्यक्रम गत माघ महिनाबाट अस्पतालले सुुरु गरेको जनाएको छ । हालसम्म १५० जना ज्येष्ठ नागरिक र ९० जजा अपाङ्गता भएका, असहाय र गरिबलाई पूर्णरुपमा निःशुल्क उपचार गरिएको छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया