Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, ३ वैशाख २०८० । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले लेन्समाथि ३–१ को सहज जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा सालिस अब्दुल समेदले सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिन पुगेको थियो ।

३१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए ।

यो गोलसँगै एमबाप्पे लिग वानमा पीएसजीको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । एमबाप्पेले १३९ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

३७ औं मिनेटमा भितिन्हाले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए । ४० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए । त्यसपछि ६० औं मिनेटमा प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गर्दै लेन्सलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा पीएसजी ३–१ ले विजयी भयो ।

जितसँगै पीएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा रेनेसले रेमिसलाई ३–० ले हराएको छ ।

 

तपाईको प्रतिक्रिया