Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

जेबि खड्का
गौरादह, १८ फागुन २०७९ । स्व.डिठ्ठा नर बहादुर बस्नेतको १ सय ३ औं जन्म जयन्तीको अवसरमा उहाँको सम्झनामा लेखिएको पुस्तक डिठ्ठाबा स्मृति ग्रन्थको गौरादहमा बिमोचान गरिऐको छ। डि. नर बहादुर बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बिकास निर्माण र समाज रुपान्तरणका क्षेत्रमा नर बहादुर डिठ्ठाले पुर्याएको योगदानको चर्चा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले कार्यक्रमको उद्घाटन गर्दै गौरादहका संस्थापक जनप्रतिनिधि स्व.नर बहादुर डिठ्ठाले निधन पश्चात् पनि सम्झन लायक काम गरेको स्मरण गराएका थिए। सकरात्मक सोच र समाज रुपान्तरणका साथै गौरादहको बिकास निर्माणमा अग्रणी भुमिका निर्वाह गरेका डिठ्ठा नर बहादुरले गौरादहलाई कर्मथलो बनाई सामाजिक न्यायको सिद्धान्त अपनाएकाले अहिलेका जनप्रतिनिधिले पनि सोहि नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखेका थिए।

प्रगति मा.बि.का शिक्षक माधव निरौलालेले पुस्तक समिक्षा गर्दै नर बहादुर डिठ्ठाले समाजमा पुर्याएका योगदानको डिठ्ठाबा ग्रन्थमा उल्लेख गरिएको जानकारी गराएका थिए। जानकिस्वर सिवालय मन्दिरमा आयोजना गरिएको कार्यक्रममा डिठ्ठा नर बहादुर र श्रीमती जानुका बस्नेतको सालिक अनावरण गरिएको थियो। त्यस अवसरमा प्रतिष्ठानकालाई सहयोग गर्ने महानुभावहरु र अक्षयकोष दाताहरुलाई सम्मान गरिएको थियो।

सम्मानित हुने अक्षयकोष दाताहरु रोहित बस्नेत, सूर्य प्रसाद भट्टराई,राम प्रसाद सिटौला, फडिन्द्र राज दाहाल, नवराज कार्की, ललित बहादुर राया, केशव प्रसाद ढुङ्गाना, दाताराम ढकाल,देब नारायण दंगाल राधा, तारा र सुजन , पुरुषोतम गौतम, मुकुन्द कार्की, कर्ण बहादुर कटुवाल, दिर्ग सिंह सुवेदी, शिक्षक पुष्पराज गुरागाँई, पुजारी पशुपति गुरागाँई रहेका छन। प्रतिष्ठानका अध्यक्ष सुरेश बहादुर पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रदेश नं.१ का प्रदेश साम्सद अमर बहादुर बिष्ट, गौरादह नगरपालिकाका पुर्ब मेयर रोहित कुमार शाह, वडा नं १, २ र ३ का वडाध्क्षहरु नगेन्द्र भण्डारी, गोपाल प्रसाद कोईराला र दिलिप कुमार भण्डारी,कार्यक्रममा गौरादह बिराटनगर सम्पर्क समाजका अध्यक्ष ईन्द्र न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा प्रतिष्ठानकाका संरक्षक बद्री कुमार, निलम र कमला बस्नेतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन प्रतिस्ठानका सचिब दिपक सुवेदीले गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया