Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ११ फागुन २०७९ । पहिलो नेपाली रक गायक मुकुन्द कुमार खड्का (माइक) को निधन भएको छ ।

ललितपुरको पुल्चोकस्थित आफ्नै निवासमा बिहीबार खड्काको ६९ वर्षको उमेरमा निधन भएको हो । खड्काको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए। उनले गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य समेत गरेका थिए ।

केही अंग्रेजी गीतको रेकर्ड गराए पनि उनले एल्बम सार्वजनिक गर्न भने पाएका थिएनन् । पछिल्लो समय खड्का संगीत सम्बन्धी पुस्तक लेखनको तयारीमा थिए ।

स्वर्गीय खड्काका श्रीमती र एक जना छोरा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया