परासी, ९ फागुन २०७९ । नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीन जना मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई लिएर हाम फालेकी थिईन् ।
घटनास्थलदेखि एक सय मिटर तल उनीहरू तीनै जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयो ।
आमाले आफ्नो दायाँ बायाँ हातमा छोराहरूको हातलाई सलले बांधेर नहरमा हाम फालेको पाण्डेले बताउनुभयो । उनका श्रीमान वैदेशिक रोजगारमा गएका छन् ।
उनले के कति कारणले छोरासहित आत्महत्या गरिन् भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।