Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

४ मंसिर । जनकपुर प्रदेश नं. २ का सरकारले भोलि मंसिर ५ गते सार्वजनिक विदाको घोषणा गरिएको छ।

प्रदेश २ का आठवटै जिल्लामा उक्त दिवसको अवसरमा प्रदेश सरकारले बुधबार विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा रह्ने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

मधेसमा मनाइने विभिन्न चाडपर्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गर्दै आएको छ।

मुस्लिम धर्माबलम्बीहरूको पैगम्बर मोहम्मदको जन्मदिनलाई पारेर एक दिने विदाको घोषणा गरिएको हो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments