Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

झापा, २८ माघ २०७९ । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका७ बाह्रघरे का ४९ वर्षिय खेम श्रेष्ठ रहेका छन् ।

बिहिबार अन्दाजी ११ः३० बजेको समयमा पिसाब फेर्नको लागि खाली खाली खुट्टा घर बाहिर निस्कदा घरको वरिपरी जंगली हात्तीबाट सुरक्षित हुन आफैले लगाएको करेन्टले लागी घाइते भएका थिए । उपचारका लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो।

तपाईको प्रतिक्रिया