Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २४ माघ २०७९ । फागुन ७ र ८ गते काठमाडौंमा सातौं युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब कलेजले आयोजना गर्न लागेको सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरुले भाग लिने छन् ।

सो सम्मेलनमा युवा वैज्ञानिकहरुले पाँच विभिन्न विधाहरूमध्ये कुनै एकमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरी प्रतिस्पर्धा गर्न छन् । जसमा इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान, र तथा गणित र कम्प्युटर विज्ञान (आर्टिफिसियल इन्टेलीजेन्स समेत) रहेको आयोजकहरुले जनाएका छन् ।

हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गर्नेछन् । शीर्ष विजेताहरू सन् २०२३ नोभेम्बर २७ देखि डिसेम्बर १ सम्म मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनु मा सहभागिताका लागि आवेदन दिन योग्य हुने आयोजकले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया