Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

 

दुधे, मंसिर २७ । मोटर साईकल दुर्घटनामा परि ज्यान गुमाएकी एमाले नेतृ खगमाया गजुरेलको स्मृतिमा झापाको दुधेमा अतिथी सदन बन्ने भएको छ ।

०७३ साल भदौ १ गते मेची राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएकी गजुरेलको स्मृतिमा दुधेको सतासी महिला मौरिपालन सहकारी संस्थाले भवन निर्माण गर्ने भएको हो । गजुरेल सो सहकारी संस्थाकी सदस्य थिईन । बुधबार शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले संयुक्त रुपमा सो भवनको सिलान्यास गरेका हुन्।

तत्कालिन सतासीधाम गाविस कार्यालयले सो सहकारी संस्थालाई दिएको जग्गा मध्येको क्षेत्रमा खगमाया गजुरेल स्मृति भवन निर्माण हुन लागेको सहकारी संस्थाकी व्यवस्थापक देवी कुमारी ओली दाहालले बताइन्। उनले भनिन,‘‘वजेट अभावका कारण हामी पहिलो चरणमा भवनको जग , पिल्लर र छत निर्माण गर्ने छौ त्यसपछि वाल, फिनिसिङ्ग र रङ्गरोगन हुने छ ।’’सहकारी संस्थाको आन्तिरीक श्रोतबाट १० लाख, सांसद विकास कोषको ५ लाख र स्वर्गिय खगमायाका बुबा भक्तिप्रसाद गजुरेलले ५ लाख गरि कुल २० लाखको लागतमा सो भवन निर्माण हुने भएको छ ।

विवाह, पार्टी, सभा समारोह, गोष्ठी, तालिम लगायतका कार्यक्रम सो हलमा गर्न सकिने दाहालले बताइन् । उनका अनुसार, आँगन नभएका घर धनिलाई सो भवन वहु उपयोगि हुने छ । ८२ फिट लम्वाई र ३४ फिट चौडाई भएको सो भवन भुकम्प प्रतिरोधात्मक हुने वताईएको छ । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष केशमाया थेवेको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया