Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ९ माघ २०७९ । झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन् ।

बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा आइतबार साँझ ६ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ जाँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाइछिपाई ल्याउँदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया