Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ६ पौष २०७९ । गौरादह नगरपालिकाले जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको छ ।

नगरपालिकाको नगरस्तरीय भू उपयोग परिषदबाट वर्गीकरण सम्बन्धिको प्रतिवेदन पारित भएपछि पारित प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण मालपोत तथा नापी कार्यलयमा कार्यन्वयनको लागि पठाइएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक९शहरी० क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।
गौरादह १ को जग्गा वर्गीकरण यस्तो छ :

वडा नं. १
(१) व्यावसायिक (शहरी) क्षेत्र
– डिठ्ठा चोकबाट पश्चिम गेउरिया खोलाको पूर्व हुँदै ट्राफिक भवन दक्षिण प्रसाईटोल पूर्व डाडागाँउ दक्षिण सैनिक चोक सम्म बजार क्षेत्र ,
– चैतु चोक दक्षिण सडकको २०० मिटर आसपास गणेश मन्दिर सम्म बजार शहरी क्षेत्र ।
– बेलडाँगी चोकको १०० मिटर उत्तर दक्षिण दायाँवायाँ बजार शहरी क्षेत्र ।
– सितापुरी मिल चोक १०० मिटर पूर्व पश्चिम, उत्तर दक्षिण बजार शहरी क्षेत्र ।
– सितापुरी स्कुलचोक १०० मिटर पुर्व, पश्चिम, उत्तरदक्षिण बजार शहरी क्षेत्र ।
– अमर चोक दक्षिण पाडाजुँगी सडकको ४०० मिटर दक्षिण बजार शहरी क्षेत्र ।
(२) आवास क्षेत्र
– गौरीगंज पाडाजुंङ्गी सडकको दायाँ बायाँ ४०० मिटर आवास क्षेत्र ।
– चैतु चोक बजारक्षेत्र बाट २०० मिटर बाहिर १०० मिटर आवास क्षेत्र ।
– सितापुरी मिल पूर्व सडक दक्षिण रचना बोर्डिङ हुँदै सैनिक चोक पश्चिमको मेनरोड पूर्व आवास क्षेत्र।
– गुरुङ चोक दायाँ वायाँ २०० मिटर आवास क्षेत्र।
– बेलडांगी चोक पूर्व गुरुङ चोक सम्म २०० मिटर आवास क्षेत्र।
– कमल गाँउपालिकाको सीमाना अर्जुनदेव राईको घर देखि डिठ्ठा चोक दायाँ वायाँ १०० मिटर आवास क्षेत्र।
– बेलडागी पिपलवोट चोक चारआली त्रिवेणी चोक सम्म २०० मिटर आवास क्षेत्र।
– गुरुङ चोक हुदै सितापुरी मिल सम्म १०० मिटर आवास क्षेत्र ।
– किस्ने खोलाबाट सितापुरी हुदै रंगपुर जोडने सडक दायाँ वायाँ १०० मिटर आवास क्षेत्र ।
– सितापुरी मिलबाट सैनिक चोक हुदै अम्बिका घिमिरेको घर सम्म दायाँ वायाँ १०० मिटर आवास क्षेत्र ।
– चैतु चोक खान्टा पुल सडक दायाँ वायाँ १०० मिटर आवास क्षेत्र ।
– गौरादह वैगुनधुरा सडकको उत्तर २०० मिटर आवास क्षेत्र ।
– अन्य सडकका हकमा सडकको दायाँ बायाँ १०० मिटर क्षेत्र आवास क्षेत्र ।
अन्य क्षेत्रहरु लाई कृषि, औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू–उपयोग योजनालाई अन्तिम रुप प्रदान गर्ने निर्णय भएको बताइएको छ।

तपाईको प्रतिक्रिया