Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौँ, २४ मंसिर २०७९ । समानुपातिक सांसद छनोटका लागि नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलस्थित शनिबार दिउँसो सचिवालय बैठक बसेको हो ।

मंसिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्‍मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ ।

शनिबारको बैठकले समावेशीसहित ३४ जना समानुपातिक सांसद चयन गर्ने अपेक्षा गरिएको छ । यसवाहेक एमालेले हालै सम्पन्न निर्वाचनको समीक्षा पनि गर्ने बताइएको छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक सांसदको सूची पठाउन बुधबार नै पत्र पठाइसकेको छ ।

 

तपाईको प्रतिक्रिया