Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ६ मंसिर २०७९ । झापा क्षेत्र नं. १ मा विश्वप्रकाश शर्मा १३ हजार ८ सय ५० मत प्राप्त गर्दै अग्र स्थानमा रहनु भएको छ । शर्माले नेकपा एमालेका अग्नि खरेललाई ५ हजार २ सय १ मतान्तरले पछि पार्नु भएको हो । एमालेका उम्मेदवार खरेलले ८ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्न का ओमनाथ भण्डारीले २ हजार ५ सय ३९ मत प्राप्त गर्नुभएको छ ।
कूल मतदाता संख्या १ लाख २० हजार ३ सय ७५ रहेका झापा क्षेत्र नम्बर १ मा ८७ हजार ३ सय ९६ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार २७ हजार ४ सय ८ मतगणना हुँदा १ हजार ४ सय ३४ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया