झापा, २६ असोज २०७९ । जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराउनुभएको हो ।
बुधबार उहाँले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताउनुभयो । वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पार्नुभयो । बर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँले बताउनुभयो ।
विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताउनुभयो ।
उहाँले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताउनुभयो । विभागले मौसमी अवस्था बारे २४ घण्टा नै सेवा दिईरहने गर्दछ ।