Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १० असोज २०७९ । देशभर महामारीको रुपमा बढ्दै गरेको डेंगु संक्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । आईतबार(हिँजो)इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशको ७६ जिल्लामा २५ हजार ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्र २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । डेंगु संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

प्रदेश अन्तर्गत सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९ सय १० जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५ सय ५६, मधेश प्रदेशमा ३ सय ८० र कर्णाली प्रदेशमा २ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै २५ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठ्माडौंमा ८ हजार ८ सय ९६ जनामा संक्रमण पुष्टी भएको छ । ललितपुरमा ६ हजार ३५, मकवानपुरमा २ हजार २ सय ७५, दाङमा १ हजार २ सय ७८, भक्तपुरमा १ हजार ५८, रुपन्देहीमा ७ सय २५, चितवनमा ६ सय १, धादिङमा ४ सय ४९, गुल्मीमा २ सय ९९ र कैलालीमा २ सय ९८ गरी १० जिल्लामा सबै भन्दा बढी २१ हजार ९ सय १४ जनामा डेंगु पुष्टि भएको छ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपको रुपमा देखा पर्ने गरेको छ । नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। त्यतीबेला १ जनामा संक्रमण देखिएको थियो । सन् २००६ मा ३२ जनामा, सन् २००७ मा २७ जनामा, सन् २००८ मा २७ जनामा, सन् २००८ मा १० जनामा, सन् २००९ मा ३० जना, २०१० मा ९ सय १७ जनामा, २०११ मा ७९ जनामा, २०१२ मा १ सय ८३ जनामा, २०१३ मा ६ सय ८६, २०१४ मा ३ सय ५६ मा, २०१५ मा १ सय ३५, २०१६ मा १ हजार ५ सय २७, २०१७ मा २ हजार १ सय ११, २०१८ मा ८ सय ११, २०१९ मा १७ हजार ९ सय ९२, २०२० मा ५ सय ३०, २०२१ मा ५ सय ४० जनामा डेंगु संक्रमण देखिएको थियो ।

 

तपाईको प्रतिक्रिया