Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १० असोज २०७९ । देशभर डेंगु संक्रमणको दर तिव्र रुपमा बढ्दो क्रममा रहेको छ । महामारीको रुपमा प्रत्येक दिन बढ्दै गइरहेको डेंगु संक्रमणका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशको ७६ जिल्लामा २४ हजार ४ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार मात्र २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । डेंगु संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

प्रदेश अन्तर्गत सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, लुम्बिनीमा २ हजार ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ७ सय ५३, गण्डकीमा ५ सय ३७, मधेश प्रदेशमा ३ सय २३ र कर्णाली प्रदेशमा २ सय ३० जनामा डेंगु संक्रमण पुष्टि भएसँगै २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठ्माडौंमा ८ हजार १ सय ३६ जनामा संक्रमण पुष्टी भएको छ । ललितपुरमा ५ हजार ९ सय ३५, मकवानपुरमा २ हजार २ सय ७५, दाङमा १ हजार २ सय ७८, भक्तपुरमा १ हजार ५०, रुपन्देहीमा ७ सय १८, चितवनमा ५ सय ७५, धादिङमा ४ सय ४९, गुल्मीमा २ सय ९९ र कैलालीमा २ सय ९८ गरी १० जिल्लामा सबै भन्दा बढी २१ हजार १३ जनामा डेंगु पुष्टि भएको छ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपको रुपमा देखा पर्ने गरेको छ । नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। त्यतीबेला १ जनामा संक्रमण देखिएको थियो । सन् २००६ मा ३२ जनामा, सन् २००७ मा २७ जनामा, सन् २००८ मा २७ जनामा, सन् २००८ मा १० जनामा, सन् २००९ मा ३० जना, २०१० मा ९ सय १७ जनामा, २०११ मा ७९ जनामा, २०१२ मा १ सय ८३ जनामा, २०१३ मा ६ सय ८६, २०१४ मा ३ सय ५६ मा, २०१५ मा १ सय ३५, २०१६ मा १ हजार ५ सय २७, २०१७ मा २ हजार १ सय ११, २०१८ मा ८ सय ११, २०१९ मा १७ हजार ९ सय ९२, २०२० मा ५ सय ३०, २०२१ मा ५ सय ४० जनामा डेंगु संक्रमण देखिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया