Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, ६ असोज २०७९ । देशभर महामारीको रुपमा प्रत्येक दिन डेंगु संक्रमण बढ्दै गईरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशको ७५ जिल्लामा १९ हजार ७ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । महामारीको रुपमा प्रत्येक दिन बढ्दै गइरहेको डेंगु संक्रमणबाट मृत्यु हुनेको सख्या २५ पुगेको छ ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपको रुपमा देखा पर्ने गरेको छ । यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको डेंगु संक्रमण को रेकर्डलाई यस वर्ष तोड्दै १९ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ । २०१९ मा १७ हजार ९ सय ९५ जनामा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो।

प्रदेश अन्तर्गत सबैभन्दा धेरै बागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, लुम्बिनीमा २ हजार ७ सय ८, सुदूरपश्चिममा ६ सय ६३, प्रदेश १ मा ५ सय ८४, गण्डकीमा ४ सय ५१, मधेश प्रदेशमा २ सय ९९ र कर्णाली प्रदेशमा २ सय २९ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै १९ हजार ७ सय ६६ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठ्माडौंमा ५ हजार ४ सय २२ जनामा संक्रमण पुष्टी भएको छ । ललितपुरमा ५ हजार २ सय ६, मकवानपुरमा १ हजार ९ सय ७७, दाङमा १ हजार १ सय ८०, भक्तपुरमा ७ सय ८६, रुपन्देहीमा ७ सय, चितवनमा ४ सय ९२, धादिङमा ३ सय ९९, गुल्मीमा २ सय ९२, र कैलालीमा २ सय ९ गरी १० जिल्लामा सबै भन्दा बढी १६ हजार ६ सय ६३ जनामा डेंगु पुष्टि भएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। त्यतीबेला १ जनामा संक्रमण देखिएको थियो । सन् २००६ मा ३२ जनामा, सन् २००७ मा २७ जनामा, सन् २००८ मा २७ जनामा, सन् २००८ मा १० जनामा, सन् २००९ मा ३० जना, २०१० मा ९ सय १७ जनामा, २०११ मा ७९ जनामा, २०१२ मा १ सय ८३ जनामा, २०१३ मा ६ सय ८६, २०१४ मा ३ सय ५६ मा, २०१५ मा १ सय ३५, २०१६ मा १ हजार ५ सय २७, २०१७ मा २ हजार १ सय ११, २०१८ मा ८ सय ११, २०१९ मा १७ हजार ९ सय ९२, २०२० मा ५ सय ३०, २०२१ मा ५ सय ४० जनामा डेंगु संक्रमण देखिएको थियो ।

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ। डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकोले सचेत रहन चिकित्सकको सुझाव छ।

डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्दछ। लामखुट्टेको अलावा मनिसहरुको तिब्र बसाइँसराई र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments