Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, ३ असोज २०७९ । ७५ जिल्लाबाट १६ हजार ५ सय ८७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार १६ हजार ५ सय ८७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। डेंगुको प्रकोप बढेसँगै साउन यता २० जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश अन्तर्गत सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ४ सय १ जनामा, लुम्बिनीमा २ हजार ४ सय २२, प्रदेश १ मा ५ सय ४, सुदूरपश्चिममा ४ सय ९३, गण्डकीमा ३ सय २२, मधेश प्रदेशमा २ सय ४२ र कर्णाली प्रदेशमा २ सय ३ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै १६ हजार ५ सय ८७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुरमा ४ हजार ६ सय ४, काठ्माडौंमा ४ हजार ४ सय ५४, मकवानपुरमा १ हजार ५ सय ९७, दाङमा ९ सय ९४, भक्तपुरमा ७ सय १३, रुपन्देहीमा ६ सय ५९, चितवनमा ४ सय १०, गुल्मीमा २ सय ९२, दार्चुलामा १ सय ८८ र काभ्रेप्लाञ्चोकमा १ सय ५२ गरी १० जिल्लामा सबै भन्दा बढी १४ हजार ६३ जनामा डेंगु पुष्टि भएको छ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपको रुपमा देखा पर्ने गर्छ। यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको थियो। सोही समयमा १७ हजार ९ सय ९५ जनामा मा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो। नेपालमा पहिलो पटक २०६१ मा १ जनामा डेंगु भेटिएको थियो ।

डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकोले सचेत रहन चिकित्सकको सुझाव छ।

 

तपाईको प्रतिक्रिया