Online Bichar
बुधबार, आषाढ १३, २०८१ | Wednesday, June 26, 2024

काठमाडौं, ३ असोज २०७९ । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।

 

तपाईको प्रतिक्रिया