Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २८ भदौ २०७९ । देशभर आज २ सय ३ जनामा संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट १ हजार ३ सय र एन्टिजेन परिक्षणबाट ३ हजार ७ सय ५९ जना गरि ५ हजार ५९ जनामा परिक्षण गर्दा २ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ८७ र एन्टिजेनबाट १ सय १६ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९८ हजार ९ सय ५७ एन्टिजेन परिक्षणबाट १ लाख ५१ हजार ५ सय ९७ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ५० हजार ५ सय ५४ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १ सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८४ हजार ७ सय १० जना पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३द्द पुगेको छ ।

यसैबीच भदौ २७ र २८ गतेको तथ्यांक अनुसार ४ लाख २९ हजार ८ सय ७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ हजार १ सय ५२ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ८० जना संक्रमित रहेका छन् । यस्तै, १७ जना संक्रमित आइ.सी.यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १५ पुगेको छ ।

 

 

तपाईको प्रतिक्रिया