Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

झापा, २७ भदौ २०७९। नेपालमा हाल देखा परिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।

डेंगु रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले सोमबार सूचना जारी गर्दै सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गर्नुभएको हो ।

मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो ।

साथै, डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नु पनि डा. अधिकारीले आग्रह गर्नुभएको छ ।

मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रदेश जिल्ला र स्थानीय तहसँगको समन्ययनमा डेंगु सार्ने लामखुट्टको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया