Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, २६ भदौ २०७९ । देशभर पछिल्लो २४ घण्टामा १ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ हजार ५ सय ९२ र एन्टिजेन परिक्षणबाट १ हजार ९ सय ९५ जना गरि ३ हजार ५ सय ८७ जनामा परिक्षण गर्दा एकैदिन १ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ८९ र एन्टिजेनबाट १५ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९८ हजार ७ सय ४३ एन्टिजेन परिक्षणबाट १ लाख ५१ हजार ४ सय २९ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ५० हजार १ सय ७२ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा २ सय १ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८४ हजार ४ सय १३ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ३ सय १६ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ हजार २ सय ३६ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ८० जना संक्रमित रहेका छन् । यस्तै, १४ जना संक्रमित आइ.सी.यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १४ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया