Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २३ भदौ २०७९ । देशभर आज २ सय २७ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ हजार ५ सय १८ र एन्टिजेन परिक्षणबाट २ हजार ८ सय ८३ जना गरि ४ हजार ४ सय १ जनामा परिक्षण गर्दा एकैदिन २ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट १ सय ३७ र एन्टिजेनबाट ९० जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९८ हजार ४ सय ३२ र एन्टिजेन परिक्षणबाट १ लाख ५१ हजार ३ सय २१ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ७ सय ५३ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १ सय ६८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८३ हजार ९ सय ४९ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ५ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ हजार ३ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ३ जना संक्रमित रहेका छन् । यस्तै, २२ जना संक्रमित आइ.सी.यु मा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १० पुगेको छ ।

 

 

तपाईको प्रतिक्रिया