Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

झापा, २२ भदौ २०७९ । देशभर आज २ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ हजार ९ सय ५६ र एन्टिजेन परिक्षणबाट १ हजार ८ सय ८० जना गरि ३ हजार ८ सय ३६ जनामा परिक्षण गर्दा एकैदिन २ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट १ सय २८ र एन्टिजेनबाट १ सय २ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९८ हजार २ सय ९५ र एन्टिजेन परिक्षणबाट १ लाख ५१ हजार २ सय ३१ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ५ सय २६ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ७८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८३ हजार ७ सय ८१ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ६५ हजार २ सय ६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ हजार ३ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय २५ जना संक्रमित रहेका छन् । यस्तै, २५ जना संक्रमित आइ.सी.यु मा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९ पुगेको छ ।

 

 

तपाईको प्रतिक्रिया