झापा, २१ भदौ २०७९ । देशभर आज ३ सय जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ हजार ९ सय ८१ र एन्टिजेन परिक्षणबाट २ हजार ६ सय ९ जना गरि ४ हजार ५ सय ९० जनामा परिक्षण गर्दा एकैदिन ३ सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट १ सय ७७ र एन्टिजेनबाट १ सय २३ जना रहेका छन् ।
नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९८ हजार १ सय ६७ र एन्टिजेन परिक्षणबाट १ लाख ५१ हजार १ सय २९ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार २ सय ९६ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १ सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८३ हजार ७ सय ३ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजार ६५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ हजार ३ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ४९ जना संक्रमित रहेका छन् । यस्तै, ३५ जना संक्रमित आइ.सी.यु मा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।