Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

झापा, १७ भदौ २०७९ । देशभर आज २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ हजार ५ सय ९५ र एन्टिजेन परिक्षणबाट १ हजार २ सय ७४ जना गरि २ हजार ८ सय ६९ जनामा परिक्षण गर्दा एकैदिन २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट १ सय ३४ र एन्टिजेनबाट ७२ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९७ हजार ६ सय ६० र एन्टिजेन परिक्षणबाट १ लाख ५० हजार ७ सय ७३ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ४८ हजार ४ सय ३३ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ३ सय ९८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८२ हजार ७ सय ६४ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ९१ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ९८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ हजार ७ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ५६ जना संक्रमित रहेका छन् । यस्तै, ४१ जना संक्रमित आइ.सी.यु मा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज एकैदिन ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ५ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया