काठमाडौं, १६ भदौ २०७९ । कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुबाट मृत्यु भएको हो ।
निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । तर बुधबार मात्रै उनको मृत्युको कारण डेंगु भएको निष्कर्ष निकालिएको हो ।
कैलालीमा केही साता यता डेंगुका बिरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्यकर्मीहरुले डेंगु संक्रमणबाट बच्न विभिन्न उपायहरू अवलम्वन गर्न अपिल गर्दै आएका छन् ।