Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १५ भदौ २०७९ । देशभर आज २ सय ७१ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ हजार ४ सय ८५ र एन्टिजेन परिक्षणबाट १ हजार ४ सय ३५ जना गरि ३ हजार ९ सय २० जनामा परिक्षण गर्दा एकैदिन २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट २ सय २४ र एन्टिजेनबाट ४७ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९७ हजार ३ सय ४६ र एन्टिजेन परिक्षणबाट १ लाख ५० हजार ६ सय १२ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ४७ हजार ९ सय ५८ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८२ हजार १ सय ५१ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कसैले पनि कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ३ हजार ४६ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ४८ जना संक्रमित रहेका छन् । यस्तै, ४२ जना संक्रमित आइ.सी.यु मा र ८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया