Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १ भदौ २०७९ । देशभर आज ८ सय ५२ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ हजार ८ सय ७६ र एन्टिजेन परिक्षणबाट २ हजार ५ सय ७ जना गरि ६ हजार ३ सय ८३ जनामा परिक्षण गर्दा एकैदिन ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ५ सय ३१ र एन्टिजेनबाट ३ सय २१ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९४ हजार ३ सय ८९ र एन्टिजेन परिक्षणबाट १ लाख ४८ हजार १ सय ४३ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ४२ हजार ५ सय ३२ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ३ सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७६ हजार ९ सय ३७ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ७ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार २ सय ५९ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ सय ३ जना संक्रमित रहेका छन् । यस्तै, ५९ जना संक्रमित आइ.सी.यु मा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० पुगेको छ ।

 

तपाईको प्रतिक्रिया