Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २९ साउन २०७९ । देशभर आज ४ सय ५५ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ हजार ३ सय ८ र एन्टिजेन परिक्षणबाट २ हजार ५ सय २१ जना गरि ४ हजार ८ सय २९ जनामा परिक्षण गर्दा एकैदिन ४ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ३ सय ५ र एन्टिजेनबाट १ सय ५० जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९३ हजार ३२ र एन्टिजेन परिक्षणबाट १ लाख ४६ हजार ९ सय १२ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३९ हजार ९ सय जना ४८ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ३ सय २ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७५ हजार ६ सय ९ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १३ हजार ३ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार २ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ८९ जना संक्रमित रहेका छन् । यस्तै, ६५ जना संक्रमित आइ.सी.यु मा र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८८ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया