Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २७ साउन २०७९ । देशभर आज ७ सय ८१ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ हजार २ सय ९० र एन्टिजेन परिक्षणबाट २ हजार ४ सय २२ जना गरि ४ हजार ७ सय १२ जनामा परिक्षण गर्दा एकैदिन ७ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ४ सय १९ र एन्टिजेनबाट ३ सय ६२ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९२ हजार ५ सय ६५ र एन्टिजेन परिक्षणबाट १ लाख ४६ हजार ६ सय ६१ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३९ हजार २ सय २६ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ५ सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७४ हजार ८ सय ६ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २३ हजार ८ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार ५ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ सय १० जना संक्रमित रहेका छन् । यस्तै, ६३ जना संक्रमित आइ.सी.यु मा र ८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८४ पुगेको छ ।

 

 

तपाईको प्रतिक्रिया