Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २६ साउन २०७९ । देशभर आज ८ सय १५ जना संक्रमित थप भएका छन् भने, कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ८२ जना पुगेको छ ।
पीसीआर परिक्षणबाट २ हजार ४ सय ११ र एन्टिजेन परिक्षणबाट २ हजार १ सय २३ जना गरि ४ हजार ५ सय ३४ जनामा परिक्षण गर्दा एकैदिन ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ४ सय ६५ र एन्टिजेनबाट ३ सय ५० जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९२ हजार १ सय ४६ र एन्टिजेन परिक्षणबाट १ लाख ४६ हजार २ सय ९९ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३८ हजार ४ सय ४५ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४ सय ७६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७४ हजार २ सय ९५ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ३१ हजार ७ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार ६ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ९२ जना संक्रमित रहेका छन् । यस्तै, ६० जना संक्रमित आइ.सी.यु मा र ८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया