Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २५ साउन २०७९ । नेपालमा आज ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने, कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७७ जना पुगेको छ ।
पीसीआर परिक्षणबाट ३ हजार ६ सय १४ र एन्टिजेन परिक्षणबाट ३ हजार ९१ जना गरि ६ हजार ७ सय ५ जनामा परिक्षण गर्दा एकैदिन ८ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ४ सय ९६ र एन्टिजेनबाट ३ सय ७२ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९१ हजार ६ सय ८१ र एन्टिजेन परिक्षणबाट १ लाख ४५ हजार ९ सय ४९ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३७ हजार ६ सय ३० जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७३ हजार ८ सय १९ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ८ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार ६ सय ७१ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ सय १४ जना संक्रमित रहेका छन् । यस्तै, ६४ जना संक्रमित आइ.सी.यु मा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया