Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २३ साउन २०७९ । देशभर आज ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट २ हजार ८ सय ६२ र एन्टिजेन परिक्षणबाट २ हजार ४ सय ८९ जना गरि ५ हजार ३ सय ५१ जनामा परिक्षण गर्दा एकैदिन ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ४ सय ९८ र एन्टिजेनबाट ४ सय ३६ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९० हजार ६ सय २५ र एन्टिजेन परिक्षणबाट १ लाख ४५ हजार ४७ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३५ हजार ६ सय ७२ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४ सय ३६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७२ हजार ९ सय ६७ जना पुगेको छ ।सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार ५ सय ९ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ७७ जना संक्रमित रहेका छन् । यस्तै, ४७ जना संक्रमित आइ.सी.यु मा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७२ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया