Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

झापा, २२ साउन २०७९ । देशभर आज ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट २ हजार ४० र एन्टिजेन परिक्षणबाट १ हजार ७ सय ४९ जना गरि ३ हजार ७ सय ८९ जनामा परिक्षण गर्दा एकैदिन ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ४ सय ५१ र एन्टिजेनबाट १ सय २ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९० हजार १ सय २७ र एन्टिजेन परिक्षणबाट १ लाख ४४ हजार ६ सय ११ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३४ हजार ७ सय ३८ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४ सय ३३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७२ हजार ४ सय ९७ जना पुगेको छ ।सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १६ हजार ९ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार ५ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ५२ जना संक्रमित रहेका छन् । यस्तै, ४५ जना संक्रमित आइ.सी.यु मा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७१ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया