Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १८ साउन २०७९ । देशभर आज ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३ पुगेको छ । पीसीआर परिक्षणबाट ३ हजार ९१ र एन्टिजेन परिक्षणबाट २ हजार ९ सय ११ जना गरि ६ हजार २ जनामा परिक्षण गर्दा एकैदिन ९ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ५ सय ९० र एन्टिजेनबाट ३ सय २५ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८८ हजार ३ सय २७ र एन्टिजेन परिक्षणबाट १ लाख ४३ हजार ५ सय २६ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३१ हजार ८ सय ५३ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ३ सय १ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७० हजार ९ सय २६ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ५५ हजार ५ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार २ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ५८ जना संक्रमित रहेका छन् । यस्तै, ४३ जना संक्रमित आइ.सी.यु मा र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ६८ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया