Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १७ साउन २०७९ । देशभर आज ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट २ हजार ७ सय ६२ र एन्टिजेन परिक्षणबाट २ हजार ६ सय ५३ जना गरि ५ हजार ४ सय १५ जनामा परिक्षण गर्दा एकैदिन ८ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ५ सय ९ र एन्टिजेनबाट ३ सय ५ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८७ हजार ७ सय ३७ र एन्टिजेन परिक्षणबाट १ लाख ४३ हजार २ सय १ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३० हजार ९ सय ३८ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७० हजार ६ सय २५ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको संख्या भने ५ हजार १ सय ४४ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ४ हजार ९ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ५९ जना संक्रमित रहेका छन् । यस्तै, ३८ जना संक्रमित आइ.सी.यु मा र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ६८ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया