Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १३ साउन २०७९ । देशभर आज पनि कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने, ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट २ हजार ४ सय ७४ र एन्टिजेन परिक्षणबाट १ हजार ८ सय ८ जना गरि ४ हजार २ सय ८२ जनामा परिक्षण गर्दा एकैदिन ५ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ३ सय ९१ र एन्टिजेनबाट १ सय ८६ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८५ हजार ८ सय ८ र एन्टिजेन परिक्षणबाट १ लाख ४२ हजार ३ सय ६३ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २८ हजार १ सय ७१ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा २ सय ६९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६९ हजार ४ सय ८८ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको संख्या भने ४ हजार ३ सय ५६ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा २८ हजार २ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ४ हजार २ सय ३ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ५३ जना संक्रमित रहेका छन् । यस्तै, ३४ जना संक्रमित आइ.सी.यु मा र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज एकैदिन २ जनाको ज्यान गएको छ । यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ६४ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया