Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १२ साउन २०७९ । देशभर आज ७ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट २ हजार ५ सय ४१ र एन्टिजेन परिक्षणबाट २ हजार ४ सय ८४ जना गरि ५ हजार २५ जनामा परिक्षण गर्दा एकैदिन ७ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ५ सय २४ र एन्टिजेनबाट १ सय ८६ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८५ हजार ४ सय १७ र एन्टिजेन परिक्षणबाट १ लाख ४२ हजार १ सय ७७ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २७ हजार ५ सय ९४ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा २ सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६९ हजार २ सय १९ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको संख्या भने ४ हजार २ सय ३६ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा ५९ हजार ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ४ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ५६ जना संक्रमित रहेका छन् । यस्तै, ३३ जना संक्रमित आइ.सी.यु मा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज एकैदिन २ जनाको ज्यान गएको छ । यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ६२ जना पुगेको छ ।

 

 

तपाईको प्रतिक्रिया