Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १० साउन २०७९ । देशभर एकैदिन ६ सय ३८ जनामा संक्रमण पुष्टी भएको छ । आज पीसीआर परिक्षणबाट २ हजार २ सय १५ र एन्टिजेन परिक्षणबाट २ हजार ८ सय ४० जना गरि ५ हजार ५५ जनामा परिक्षण गर्दा ६ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ४ सय र एन्टिजेनबाट २ सय ३८ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८४ हजार ४ सय ७५ र एन्टिजेन परिक्षणबाट १ लाख ४१ हजार ८ सय ४५ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २६ हजार ३ सय २० जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा २ सय १८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ८ सय २ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार ७ सय १४ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ८ सय ७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ३ हजार ५ सय ८१ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ३३ जना संक्रमित रहेका छन् । यस्तै, ३० जना संक्रमित आइ.सी.यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज एकैदिन २ जनाको ज्यान गएको छ । यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५९ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया