Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ९ साउन २०७९ । प्रत्येक दिन महामारिको रुपमा फैलिंदै गइरहेको कोरोनाका कारण आज थप एक जनाको मृत्यु भएको छ । हिँजो मात्र २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । आज पीसीआर परिक्षणबाट ३ हजार ८४ र एन्टिजेन परिक्षणबाट १ हजार ७ सय १६ जना गरि ४ हजार ८ सय जनामा परिक्षण गर्दा ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ४ सय ५३ र एन्टिजेनबाट १ सय १५ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८४ हजार ७५ र एन्टिजेन परिक्षणबाट १ लाख ४१ हजार ६ सय ७ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २५ हजार ६ सय ८२ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ९५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ५ सय ८४ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार ५ सय ३४ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ३ हजार ४ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय २७ जना संक्रमित रहेका छन् । यस्तै, २७ जना संक्रमित आइ.सी.यु मा र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५७ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

तपाईको प्रतिक्रिया