Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, २ साउन २०७९ । झापाको बिर्तामोडमा रहेको बि एण्ड सी अस्पताल सहित तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । सरकारबाट भुक्तानी नपाएको भन्दै साउन १ गते रातिबाट बिर्तामोडको बि एण्ड सी, विराटनगरको नोबेल मेडिकल कलेज र मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डाक्टर राजेश नेपालले सरकारको नीतिका कारण कार्यक्रम स्थगित गरेको बताए । ‘२०७९–८० को बजेट वक्तव्य मार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम २०७९ साउन १ गतेबाट सरकारी र सामुदायीक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने पारित गरिएको छ,’ नोबेलले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसपछि स्वास्थ्य बिमा सूचारु हुने वा नहुने कुनै सूचना प्राप्त नभएकाले अन्योलको परिस्थितिमा यस संस्थाले अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य बिमा अन्तरगतको विरामीहरुले प्राप्त गर्दै आउनु भएको आकस्मिक, बहिरङ्ग ९ओपीडी० र अन्तरङ्ग सेवाहरु श्रावण १ गते रातको १२ बजेदेखि स्थगन गरिएको छ ।’

सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ ।अनलाइनखबरबाट साभार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया