Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

झापा, २९ असार २०७९ । देशभर फेरी कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज एकैदिन २ सय ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या वृद्धि हुदै गएको हो । पीसीआर परिक्षणबाट २ हजार ८२ र एन्टिजेन परिक्षणबाट १ हजार ९३ गरि ३ हजार १ सय ७५ जनामा परिक्षण गर्दा२ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट १ सय ७७ र एन्टिजेनबाट २९ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८० हजार ७ सय ६७ र एन्टिजेन परिक्षणबाट १ लाख ४० हजार ७ सय ४० जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ५ सय ७ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ८ सय १० जना पुगेको छ ।

अहिले नेपालमा १ हजार ५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ९ सय ८४ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २१ जना संक्रमित रहेका छन् । यस्तै, १२ जना संक्रमित आइ.सी.यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

 

 

तपाईको प्रतिक्रिया