झापा, २८ असार २०७९ । देशभर आज एकैदिन १ सय ७७ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ हजार ८ सय ५ र एन्टिजेन परिक्षणबाट १ हजार ३ सय २१ गरि ३ हजार १ सय २६ जनामा परिक्षण गर्दा १ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट १ सय ४४ र एन्टिजेनबाट ३३ जना रहेका छन् ।
नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८० हजार ५ सय ९० र एन्टिजेन परिक्षणबाट १ लाख ४० हजार ७ सय ११ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ३ सय १ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४१ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ७ सय ६५ जना पुगेको छ ।
अहिले नेपालमा ८ सय ७३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ६४ हजार ९ सय ७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ८ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २० जना संक्रमित रहेका छन् । यस्तै, ११ जना संक्रमित आइ।सी।यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।