Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, २७ असार २०७९ । देशभर पछिल्लो २४ घण्टामा १ सय ६८ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ हजार ८ सय ३४ र एन्टिजेन परिक्षणबाट १ हजार १ सय ८६ गरि ३ हजार २० जनामा परिक्षण गर्दा १ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट १ सय २९ र एन्टिजेनबाट ३९ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८० हजार ४ सय ४६ र एन्टिजेन परिक्षणबाट १ लाख ४० हजार ६ सय ७८ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २१ हजार १ सय २४ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ३७ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ७ सय २४ जना पुगेको छ ।

अहिले नेपालमा ७ सय ७० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ३५ हजार ४ सय २ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ७ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २१ जना संक्रमित रहेका छन् । यस्तै, १२ जना संक्रमित आइ।सी।यु मा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया