Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

 

 काठमाडौं , २९ कात्तिक । सवारी चलाउँदा आफ्ना गल्ती ढाकछोप गर्न प्रहरीलाई घुस ‘अफर’ गर्ने आदत छ ? छ भने सावधान, घुस अस्वीकार गरेर प्रहरीले अब तपाईंलाई नियन्त्रणमा लिनसक्छ १

ट्राफिक प्रहरीले सवारीचालकसँग घुस आतंक मच्चाएको गुनासो बढिरहेका बेला बुधबार दिउँसो काठमाडौंको बानेश्वरबाट एक गाडीका चालक र सहचालकलाई प्रहरीले घुस अफर गरेको अभियोगमा नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुद्धनगरस्थित युएनपार्क नजिकबाट बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले चेकजाँचमा रहेको प्रहरीले कागजात माग गर्दा ग्राभेल बोकेको गाडीले १ हजार घुस अफर गरेपछि त्यसका चालक र सहचालकलाई गाडीसहित नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त, वानेश्वरमा राखिएको छ । प्रवक्ता बोगटीका अनुसार, उनीहरुमाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया