Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १५ असार २०७९ । देशभर पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ हजार ८ र एन्टिजेन परिक्षणबाट ६ सय १२ गरि १ हजार ६ सय २० जनामा परिक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट ५१ र एन्टिजेन बाट ११ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ७९ हजार ६ सय ५८ र एन्टिजेन परिक्षणबाट १ लाख ४० हजार ४ सय ५४ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २० हजार १ सय १२ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ४ सय ४५ जना पुगेको छ ।

अहिले नेपालमा २ सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ८४ हजार ५ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् । यस्तै, १ जना संक्रमित आइ.सी.यु मा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया