Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झगेन्द्र खड्का
गौरादह, ४ जेठ २०७९ । राजनीतिक दलका उमेदवारलाई पराजित गर्दै स्वतन्त्र उमेदवार दिलिप कुमार भण्डारी वडा नं.३ को वडाध्यक्षमा निर्वाचित भएका छन। स्वतन्त्र उमेदवार भण्डारीले एमालेका वडाध्यक्ष उमेदवार गजेन्द्र घिमिरेलाई ५ सय ८ मतको फराकिलो मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन।

निर्वाचन कार्यलयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भण्डारीले १ हजार ९४ मत पाएका थिए। भण्डारीका निकटतम प्रतिद्वन्द्वी एमालेका गजेन्द्र घिमिरेले ५ सय ८६ मत पाएका थिए। गठबन्धनका तर्फबाट वडाध्यक्षको उमेदवार बनेका माओवादी केन्द्रका सेर बहादुर कार्कीले ४ सय ७२ मत पाएका थिए।राप्रपाका वडाध्यक्ष उमेदवार चन्द्रजंग कार्कीले ६६ मत पाएका छन। वडा नं (३ मा सदस्यमा एमालेका उमेदवार बिजय भएका छन। महिला सदस्यमा कल्पना अधिकारीले ९ सय ४७, दलित महिला सदस्यमा बिमला बि।क। ९ सय ६६, खुल्ला सदस्यमा कृष्ण प्रसाद सुवेदीले ९ सय २२ र होमनाथ थापाले १ हजार ६६ मतका साथ बिजय भएका छन। अघिल्लो स्थानीय निर्वाचनमा एमालेको प्यानल बिजय भएको वडा नं.३ मा यस पटक वडाध्यक्षमा स्वतन्त्र उमेदवार बिजय भएका छन।

स्वतन्त्र उमेदवार निर्वाचित भएपछि एमालेले वडा नं.३ मा वडाध्यक्षमा शाख जोगाउन सकेन। प्रजातन्त्र पछि गौरादहमा स्वतन्त्रबाट उमेदवारी दिएर बिजय भएको पहिलो रेकर्ड हो। एमाले जिल्ला कमिटी अध्यक्ष दिपक कार्की र प्रदेश नं.१ का पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको बसोवास तथा एमालेको बर्चस्व कायम रहेको वडामा स्वतन्त्र उमेदवार बिजय हुनुलाई स्थानीय बासिले निकै महत्त्वका साथ हेरेका छन। गठबन्धनका साथ चुनाव लड्दा वडा नं.३ मा सहज बिजयको सपना देखेको गठबन्धनका दलहरुको सपना पनि हाहाकार भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा बिच गठबन्धन गरेर चुनाव लड्दा एक जना सदस्य पनि निर्वाचित भएनन्। चुनाव जित्न दलको टिकट लिएर उमेदवार बन्नु पर्छ भन्ने धारणालाई भण्डारीले हटाएका छन। जनताको सेवामा समर्पित भएमा जनताले बिस्वास गर्ने र मतदान गरि भारी मतका साथ बिजय हुन सकिने भण्डारीले उदाहरण पेश गरेका छन। जनताको सेवा गर्न रुचाउने भण्डारी दर्जनौ संघ संस्थामा आबद्ध रही जनताको सेवा गरेका थिए। गौरादह उद्योग बाणिज्य संघको अध्यक्ष हुदा गौरादहमा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गरेर भवन निर्माणको काम सुरु गरेका थिए। स्वतन्त्रबाट बिजय भए सँगै भण्डारीले आफू अहिले कुनै दलमा आबद्ध नहुने बताएका छन। स्वतन्त्र रहेर राजनीति भन्दा माथि उठेर जनताको सेवा गर्ने बताएका छन।

वडा नं.३ का वडा बासिको ईच्छा, चाहना र वडाको आवश्यकतालाई प्राथमिकताका आधारमा बिकास निर्माणको काम गर्ने बताएका छन। नगरमा भ्रष्टाचार सनसनी पुर्ण रुपमा मच्चिएको बिषयमा आफ्नो कार्यकालमा वडामा भ्रष्टाचारलाई जिरोमा झार्ने बताएका छन।

तपाईको प्रतिक्रिया